विराटनगरबाट गाइघाटतर्फ गइरहेको नरसिंह ट्राभल्सको बस सप्तकोशी नदीमा खसेको छ। बिहीबार बेलुका ६ बजे करिब १ ख ४६०१ नम्बरको बस कोशी ब्यारेजको पुलस्थित ३४ नम्बर ढोकाको दक्षिणतर्फ खसेको हो।
स्रोतका अनुसार, ढोका बन्द भएको अवस्थामा सो स्थानमा बालुवा थियो र बसमा सवार २४ जना यात्रुहरू सकुशल छन्। पानी परिरहेको अवस्थामा बस दुर्घटनामा परेको हो। यात्रुहरूलाई सामान्य चोटपटक लागेका कारण भन्टावारीस्थित क्लिनिकमा उपचार भइरहेको छ, र थप उपचारका लागि केहीलाई धरान लैजाने तयारी गरिएको छ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
1
+1
+1
+1
4
+1