झापाको कचनकवलमा खोलाले बगाएर एक बालिका बेपत्ता भएकी छन् । कचनकवल–१ झकुवाटोली बस्ने पचूँ राजवंशीकी छोरी १४ बर्षीया नेहारिका राजवंशी जमुना खोलामा डुबेर बेपत्ता भएकी छ्न ।
भारत सानिमाको घरबाट घर फर्कने क्रममा साविक घेराबारी – ९ भुतेस्वर मन्दिर दक्षिण चमारभिट्टा पुल छेउमा जमुना खोलामा दिउँसो करिब ३ बजे उनी साइकलसहित बेपत्ता भएको कचनकवल गाउँपालिकाका वडा नम्बर १ का अध्यक्ष महावीर लिम्बु रन्जितले जानकारी दिए ।
स्थानीयबासी, जनप्रतिनिधि, सुरक्षाकर्मीसहित खोजी कार्य गर्दा पनि अहिले बेलुकी ६ बजेसम्म उनलाई भेटाउन नसकिएको अध्यक्ष लिम्बूले हल्दिवारी डटकम सगको कुराकानीमा बताएका छ्न । उनको खोजी कार्य आजलाई स्थगित गरि भोलि बिहानदेखि खोजी गर्ने उनले बताए ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1