झापा, १३ असाेज । झापाका प्रतिष्ठित युवा ब्यवसायी दिपेश ढकालका छोरा रियाज ढकाल र उनका ब्यवसायीक पार्टनर कृपा ढकाल द्वारा गणपती वेकरी क्याफे संचालनमा ल्याएका छन् ।
भद्रपुर नगरपालिका ८ चन्द्रगढी विमान स्थल अगाडी संचालनमा ल्याएको वेकरीको ढकालकी हजुरआमा रुपादेवी ढकालले उद्घाटन गर्नु भएको थियो । झापामा गणपती तेस्रो शाखाको रपमा संचालनमा ल्याएको क्याफेमा कफि, पिज्जा, केक लगायत वेकरीजन्य उत्पादन राखिएको संचालक रियाज ढकालले जानकारी दिए । उनका अनुसार करिब ६० लाख लगानीमा सुरु गरिएको वेकरीले बिमान स्थलबाट आवगमन गर्ने आन्तरिक तथा बाह्रय पर्यटकलाई सेवा प्रदान गर्ने लक्ष लिएको छ ।
क्याफेले नेफोलिटाना, पिज्जा, कफि, बड्डे केक आफैं उत्पादन गरेर ग्राहकको सन्तुष्टी र माग पुरा गर्ने लक्ष लिएको छ । गणपती वेकरीको बिर्तामोडमा मुख्य उत्पादन उद्योग छ भने काकरभिट्टा र चन्द्रगढीमा फ्रेन्चाइचमा गुणस्तर मापदण्डको पालना गर्ने गरि शाखाको स्वामित्व दिएकाको वेकरीका प्रमुख राजु ढकालले जानकारी दिए ।
वेकरी संचालनमा आएकै भवनमा सेमिनार हल, लज एवं बार समेत संचालन गर्ने गरी काम भई रहेको संचालक कृपा ढकालले बताए ।