माछा मार्ने क्रममा झापाको कमल गाउँपालिका–१ मा डुबेर बेपत्ता भएका ३५ वर्षीय टिकाराम चौधरीको शव तीन दिनपछि फेला परेको छ। उनीको शव घटनास्थलबाट करिब ३ किलोमिटर दक्षिण सोही खोलाको बगरमा बालुवाले पुरिएको अवस्थामा भेटिएको हो।
प्रहरी कार्यालय झापाका अनुसार, खोजी कार्यमा जुटेका प्रहरी टोली र स्थानीय बासिन्दाहरूले सोमबार बिहान साढे ८ बजे उनको शव पाएका थिए। टिकाराम चौधरी शुक्रबार साँझ ७ बजे कृष्णे खोलामा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका थिए।
यसैगरी, झापामा बेपत्ता भएका तीन जनाको शव फेला परेको बताइएको छ। जमुना खोलाले बगाएको १५ वर्षीया नेहारिका राजवंशीको शव दुई दिनपछि आइतबार भेटिएको थियो भने गौरीगञ्ज गाउँपालिका २ बगहाचौधरीस्थित किस्ने खोलाबाट हाम फालेका केमालाल ताजुरियाको शव शनिबार साँझ भेटिएको थियो।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
1
+1
+1
+1
2
+1