बाढी, पहिरो, र डुवानका कारण भएको जनधनको क्षतिप्रति शोक व्यक्त गर्दै नेपाल सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा यो निर्णय गरिएको हो। सो निर्णयअनुसार मंगलबारदेखि तीन दिन राष्ट्रिय शोक मनाइनेछ, जसको क्रममा सरकारी कार्यालयहरूमा झण्डा आधा झुकाइनेछ।

यो निर्णय सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका हुन्। सरकारको यो कदम पीडितहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्न र देशव्यापी रुपमा दुःख बाँड्नका लागि गरिएको हो। तर, यस अवधिमा सार्वजनिक बिदा भने दिइने छैन।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार