कविता: “आ़ॅंखामा शितलता”
बसेको छु झ्यालमा ऑखा टेकेर
शून्यतामा हेर्दै !
मन भित्र अनेक प्रश्नहरुको आक्रमण
म आफै संग कुरा गरी रहे !
निरुत्तर भई नै रहे !
बितेका दिनलाई सम्झी रहे !
मानौ आफूलाई नै सम्झी रहे !
कहाॅं ठीक -ठाक हुन्छ यो ज़िन्दगी
वालपनदेखि आजसम्म जानिएन ,
कति सपना टुटे आफ्नो छुटे ,
वर्षों बसे जो ठाउमा ,
त्यो ठाउको माटो छुटे ,
संग रिश्ता ,नाता ,साथी संगी छुटे .
तब पनि आज आ़ॅंखामा
शीतलता किन छ ..?
जसले भुल्यो मलाई
उसको कमी किन छ ..?
आज फेरी यो आ़ॅंखालाई
त्यो पलको प्रतीक्षा किन छ ..?
जसको बर्षों पहिले बाध्यताको
नाम दिएर तिलान्जलि .दियौ .
आज फेरी आ़ॅंखामा
शीतलता किन छ ..?
सोध्छ यो मनले बार-बार मसंग ,
बलिदान दिदा बलिमा
मलाई पनि किन चढ़ाइन्छ ??
✍देवेन्द्र किशोर ढुङगाना
भद्रपुर, सुकृतिनगर
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1