हल्दिबारी, २७ असाेज । झापा जिल्लाको हल्दिबारी गाउँपालिकामा हुने पारोखोपी मेलामा यसपाली पनि राजवन्सी समुदायको मौलिक लोक संस्कृति “पाचाली गान” आयोजना भाेली मिति २०८१ साल असोज २८ गते सोमबार गरिने भएको छ। यो लोक गान राजवन्सी समुदायको परम्परागत सांस्कृतिक धरोहर हो, जुन लोप हुने अवस्थामा पुगेको छ।

श्री राजवन्सी जाति उत्थान मञ्चले यो पाचाली गानको आयोजना गरेको हो। मञ्चका सचिव दीपेश राजवंशीले यो कार्यक्रम पारोखोपी मेलापछि आयोजना गरिने जानकारी दिएका छन्।

सचिव राजवंशीका अनुसार पाचाली गानले राजवन्सी समुदायको परम्परा र संस्कृतिलाई जोगाउन महत्वपूर्ण भूमिका खेल्नेछ। यस कार्यक्रमले राजवन्सी संस्कृतिको संरक्षणमा मद्दत पुर्याउने र आउने नयाँ पिडिलाई समेत समेट्न मदत गमेन्ट अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार