कमल गाउँपालिकाको केर्खामा भएको सडक दुर्घटनापछि १२ घण्टा अवरुद्ध रहेको पूर्वपश्चिम राजमार्ग पीडित पक्षसँग ४ बुँदे सहमति भएपछि पुन: सुचारु भएको छ।
सहमतिका मुख्य बुँदाहरूमा पीडितलाई अधिकतम क्षतिपूर्ति दिलाउने, दोषी चालकलाई कारबाही गर्ने, त्रिपक्षीय सहमति कार्यान्वयन गर्ने, र कानुनी प्रक्रिया अगाडि बढाउन अवरोध हटाउने निर्णयहरू समावेश छन्। सहमति पछि बिहान ५ बजे राजमार्ग सुचारु भएको हो।
यो दुर्घटनामा हजुरबुवा टेकबहादुर इजम र नातिनी कृपा इजमको इलेक्ट्रिक साइकललाई बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनापछि आक्रोशित स्थानीयले प्रहरी बिटमा आगजनी, तोडफोड, र ढुंगामुढा गरेका थिए, जसले गर्दा प्रहरी र सशस्त्र प्रहरीका १० जना घाइते भएका छन्। अहिले स्थिति सामान्य रहेको र यातायात पुन: सञ्चालनमा आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
1
+1
+1
+1
+1
1