झापा । भद्रपुरमा सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर ३६ वर्षीय शम्भु सहनीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार देवीवस्तीका सहनी आफ्नै घरमा सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उनलाई तत्काल मेची प्रादेशिक अस्पताल भद्रपुर पुर्‍याइए पनि उपचार सम्भव नभएपछि ओमसाई पाथीभरा हस्पिटलमा थप उपचारका लागि लगिएको थियो। गएराति १० बजे उपचारकै क्रममा सहनीको मृत्यु भएको बताइएको छ।

शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार