भद्रपुर -सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद मियाले आर्यन मिडियाद्वारा सञ्चालित जासुस खबरको प्रमुख सम्वाददाता तथा पत्रकार तजमुल मन्सुरीलाई गाली गलोज र दुर्ववहार गर्दै हातपात गरेको घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको भन्दै बिज्ञप्ति प्रकाशित गरेको छ ।

बिज्ञप्तिमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अखतर आजाद मियाले जासुस खबरका पत्रकार तजमुल मन्सुरीलाई गाली गलोज र दुर्ववहार गर्दै हातपात गरेको घटना लज्जास्पद र निन्दनीयभनिएको छ 1

शनिबार राहत वितरणमा विभेद र भ्रष्टाचार गरेको भन्दै स्थानीयहरु गाउँपालिमा विरोध गरिरहेको बेला समाचार संकलनमा पुगेका पत्रकार मन्सुरीको मोबाइल खोसेर गाली गलोज गरि दुर्ब्यबहार गरेको र हातपात समेत गरेको हबताइन्छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरी मातहतमा रहेका अकहा प्रहरीका सहायक प्रहरी निरीक्षक बाबुराम खड्काले अध्यक्षको निर्देशनमा पत्रकार मन्सुरीको मोबाइल खोसेर करिब आधा घन्टा राखेका थिए। नागरिकको सुरक्षाका लागि खटिएको सुरक्षा निकायका पदाधिकारीले उल्टै नागरिक र पत्रकारलाई जबर्जस्ती केरकार गरेको भन्दै समग्र प्रहरी प्रशासनलाई बदनाम गराउने उक्त प्रहरीको नियत ठिक नभएको बिज्ञप्तिमा उल्लेख छ ।

बिज्ञप्तिमा अगाडि भनेको छ समाचार माध्यम तथा पत्रकारले जनताका समस्या उजागर गर्ने र समस्याको समाधानको निमित्त सरकार र नागरिक बीचको पुल बन्दै आएको जनजाहेर छ। राहत प्रकरणमा बिचौलिया मार्फत भ्रष्टाचार गरेको बारे जासुस खबरले समाचार प्रकाशित गरेपछि पालिका प्रशासन अत्तालिएका छन् । स्थानीय नागरिकहरुलाई गुमराहमा पार्ने काम भइरहेकोले हामीले चुपचाप बस्न नहुने र हामीले हाम्रो अधिकारलाई प्रयोग गर्नेमा प्रतिबद्ध र कटिबद्ध छौं।

अध्यक्ष मियाले नागरिकले तिरेको करमा रजाइँ गर्ने, नागरिकको समस्या समाधान नगर्ने र त्यसैलाई आधार बनाएर समाचार प्रकाशन गर्दा पत्रकारलाई गाली गलोज गर्दै हातपात गर्ने र पत्रकार माथी धाबा बोल्ने कार्यको यसै बिज्ञप्ति ब्दारा जोरदार भर्त्सना सहित निन्दा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार