समीर न्यौपाने/धेरै शान्त छ मन, अवरोधको विचमा । विरोधाभास धेरै किसिमका छन् । एउटा राजनीतिक प्राणी बन्न नसक्नु आफैंमा एक दोष हो । केही उत्साह, उमंग नभएको र अनाहकमा पट्यार लाग्दो समय ।
कुनै द्वन्द्वात्मक तथा भौतिकवादी साहित्य जस्तै ! विडम्वना जति खेरै, तिर्सना ! कुनै विचार वा वोलीको वन्ध्याकरण हो कि । हिन्दुत्व शालिन हो । हामी मठ मन्दिरमा पूजा गर्छौं । त्यहाँबाट अशिवार्द ग्रहण गर्छौं । यो कुनै अन्धविश्वास होइन हामी नेपालीको संस्कृति हो ।
शालिन अनुहारको दर्शनाद गर्नुपर्ने जीवनलाई मानव हृदय र दिग्गज मष्तिस्कबाट भुल्याउने र यो निठुर समयबाट न्यानो माया दिने आगन्तुक नविन मानिसको खोजीमा छु । तर त्यस्ता छवी भएको शितल प्राणी कहाँ भेट्टाइएला र !
चाडपर्वको ताँती आएको छ । दशैंको रौनकपछि तिहार आउने वेला भएको छ । केही मीठा क्षण दिदी बहिनीबाट टिका, माला ग्रहण गरेपछि प्राप्त हुनेछ तर त्यो पनि त क्षणिक हुनेछ ।
आजभोलिका अन्तराष्ट्रिय विश्व समाचार हमास र इजराइल, लेवनान र इजारायल, इरान र इजरायल, रुस र युक्रेन युद्वका दुःखद घटनाले भरिपूर्ण छ ।
कोभिड–१९ पछि एकाएक विश्व श्रमशक्ति पलायन भयो । विश्वमा भएको अर्थिक मन्दि अलि तंग्रिएको आभास भने सुन्न पाइन्छ । तर पनि आर्थिक मन्दिको संघारमा दुनिया लागिराखेको छ । अन्तराष्ट्रिय मुद्रा कोषले हाल सालै एक रिपोर्ट सार्वजनिक गर्दै विश्वको आर्थिक मानांक यसपालि घट्ने बताएको छ ।
कोरोना कालखण्ड पछि युरोपियन युनियनबाट बेलायत टुक्रिएको थियो । सो अवसरमा यसले आफ्ना बैंकबाट ऋण लिएका युरेपेली सदस्य राष्ट्रहरुलाई पैसा बेलायती बैंकमा दाखिला गर्न अनेक कसरत गरेको बताइन्छ । त्यसैले यो दशक धेरै पश्चिमेली राष्ट्र पनि आर्थिक मन्दिको उपचार पाउने नैरास्यता गरिएको छ ।
बरु हालसालै सकिएको ब्राजिल, रसिया, भारत, चाइना र दक्षिण अफ्रिकाको शिखर सम्मेलन ब्रिक्सको समापन भएको छ । उक्त सम्मेलनमा रसियाको आन्तरिक द्वन्द र मध्यपूर्वको तनावलाई समारोहको आधार बनाइएको छ । साथसाथै सदस्य राष्ट्रहरु बीच भइ परी आउने राजनीतिक, अर्थिक र सामाजिक सम्वन्धहरुको दरारलाई परास्त गर्ने निर्णय गरेको छ ।
हालै पूर्वी एसियाली राष्ट्र जापानमा भएको संसदीय राजनीतिमा दशकौ पछि मूल धारको राजनीतिक दल एलडीपी न्यून मत हासिल गरेको बताइएको छ । यसको प्रभाव पूर्वी एसियाली राष्ट्रहरु र एसिया प्रशान्तका देशहरुमा प्रत्यक्ष पर्ने बताइएको छ ।
अर्को विश्वका मानिसको नजर २०२४ को अमेरिकी निर्वाचन तिर एकोहोरिएको छ । रिपव्लीकन पार्टीको पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्याट्रिक पार्टीका राजनीतिज्ञ कमला ह्यारिस आ– अफ्नो निर्वाचन क्षेत्रका दौरानमा राष्ट्रपतिको पदको उम्मेदवारको निमित्त भाषणवाजीमा व्यस्त छन् । एक प्रतिष्ठित अमेरिकी अखबारले गरेको चुनावी सर्वेक्षणमा ट्रम्पले ४६ र कमलाले ४९ प्रतिशत मत प्राप्त गरेकी छन् ।
सम्भवत अमेरिकी चुनावको मोड सकिएपछि पश्चिमा राष्ट्रको राजनीति नयाँ उचाईमा मोडिने प्रष्ट छ ।