काठमाडौं, नेपाल – नेपालको इन्स्पायर मिडिया प्रोडक्सन हाउसका सीईओ तथा फिल्म निर्देशक किरण खतिवडाको नेतृत्वमा नेपालबाट एक समूहले नासा द्वारा आयोजित ‘अब्जर्भ द मून नाइट’ कार्यक्रममा ऐतिहासिक सहभागिता जनाएको छ।

गत सेप्टेम्बर १४, २०२४ मा विश्वभर १.३ मिलियन सहभागी भएको यस कार्यक्रममा नेपालबाट खतिवडा, धिमाल समुदायका गायक अर्जुन धिमाल र विद्यार्थीहरूको टोलीले सक्रिय भूमिका खेलेको थियो। दिनको समयमा उनीहरूले चन्द्रमाको चित्रण गरेका थिए भने रातको समयमा प्रत्यक्ष चन्द्र अवलोकन गरेका थिए।

नासाले यस कार्यक्रमका लागि आधिकारिक प्रमाणपत्र जारी गरेको छ र नेपाली टोलीको एक तस्वीर नासाको आधिकारिक बुकलेटमा समावेश गरिएको छ। यस कार्यक्रमका लागि उच्च गुणस्तरको क्यानन ७डी क्यामेरा र नेशनल भिजनको सोनी २८-३००mm जुम लेन्स प्रयोग गरिएको थियो।

फिल्म निर्माता खतिवडाका अनुसार, आफ्नो नाम र टोलीको तस्वीर नासाको आधिकारिक बुकलेटमा देख्दा उनी निकै गौरवान्वित भएका छन्। उनले भने, “यदि हामी आत्माबाट काम गर्छौं भने सपना र चाहना पूरा हुन्छ भन्ने कुरा यसले प्रमाणित गरेको छ।” यो नेपालको लागि मात्र नभई सम्पूर्ण नेपाली परिवार, समाज र राष्ट्रको लागि गर्वको क्षण हो। नासाको अर्को ‘अब्जर्भ द मून नाइट’ कार्यक्रम अक्टोबर ४, २०२५ मा आयोजना हुँदैछ।

नासाको आधिकारिक लिंकबाट तस्वीर हेर्न सकिन्छ।

https://moon.nasa.gov/resources/561/international-observe-the-moon-night-2024-recap/

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार