द्रोण अधिकारी / भद्रपुर । कोशी प्रदेशको सर्वाधिक जनसहभागिता रहने छठ पूजा स्थलको पहिचान बनाएको भद्रपुर स्थित मेची नदीमा नेपाल तथा भारततिरबाट वारिपारि भव्य रूपमा छठ पूजा गरिएको छ ।

तराइबासीको महत्वपूर्ण पर्व मानिए पनि भद्रपुरको मेची किनारमा हिमाली, पहाडी मारवाडी, बंगाली लगायत अधिकाम्स जात जातिको साझा प्रतिनिधित्व हुने गरी समावेशी रूपमा छठ पूजामा अस्ताउँदो सूर्यलाई अर्घ दिएर भव्य स्वरूपमा पूजा गरिएकोे हो । नेपाल–भारतको सिमावर्ती क्षेत्रमा पर्ने झापाको सदरमुकाम भद्रपुर स्थित मेची नदीमा मनाउदै आएको छठ पर्वमा एक हजार बढी पूजा स्थल निर्माण गरी ३ किलो मिटर क्षेत्रमा नदीको वारिपारी दुवै पट्टिबाट हिमाल, पहाड र तराइका बासिन्दाले सहभागी भएर साझा पर्व मनाइ रहेका छन् । पूजा स्थलका लागि नेपाल भारतका सुरक्षा कर्मीले सम्युक्त गस्ति गरिरहेका छन् भने विभिन्न सामाजिक संघ संस्थाले मेलामा सहभागी भक्तजनका लागि पानी तथा चियाको निशुल्क व्यवस्था गरेका छन् ।

पछिल्ला वर्षहरुमा भद्रपुर तथा भारतको गलगलियाका स्थानीयले यस पर्वलाई समावेशी साझा पर्वको रूपमा लिने गरेको पाइएको छ । चारदिनसम्म मनाइने छठ पर्वमा तेस्रो दिन बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिने र चौथो दिन विहान उदाउदो सूर्यलार्य अर्घ चढाएपछि सम्पन्न हुने गर्छ । यो पर्वमा जन सहभागिता नेपालको जनकपुर पछिको दोस्रो स्थान भद्रपुरले लिने गरेको मैथिल समाजका पूर्व अध्यक्ष रमेशचन्द्र झाले जानकारी दिए । झापामा मेची निन्दा, हडिया, देउनिया, अदुवा, बिरिङ, कन्काइ नदी किनारमा भव्य रूपमा सजावट सहित छठ पूजा गरिने गरिएको छ । जन सहभागिकाका दृष्टिले भद्रपुर स्थित मेची घाट बढी व्यस्त हुने गरेको छ ।

यसै बिच छठ पर्वको अवसर पारेर मेची घाटमा रहेको छठी माता मन्दिर परिसरमा निर्मित कलात्मक चौतारो उद्घाटन तथा गंगा आरतीको आयोजना गरिएको छ । भद्रपुर ५ नम्बर वडा कार्यालयले निर्माण गरेको कलात्मक चौतारोको उद्घाटन कोशी प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री भूमिप्रसाद राजवंशी तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलले सम्युक्त रूपमा उद्घाटन गरेका थिए भने भद्रपुर नगरपालिकाले आयोजना गरेको गंगा आरतीको समुद्घाटन राज्यमन्त्री भूमिप्रसाद राजवंशीले गरेका थिए । कार्यक्रममा कलात्मक चौतारो निर्माणमा सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो भने चौतारोमा कला तथा डिजाइन कर्ता कलाकार सञ्जय प्रधान रहेको जानकारी गराइएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार