जिल्ला झापा मेचीनगर नगरपालिका वडा न.६ मा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले  हिजो मिति १४ गते शुक्रबार नेपालबाट भारत तर्फ अवैध रूपमा लैजाँदै गरेको ८ काटुन लाईटर र भारतबाट नेपाल तर्फ ल्याइरहेका विभिन्न अवैध सामग्रीहरू नियन्त्रणमा लिएका छन्।

त्यसमध्ये सामग्रीहरूमा बच्चाको ट्राउजर २१ पिस, ज्याकेट ७ पिस, लेडिज सुईटर ८ पिस, बच्चाको जम्फर ४ पिस, जुत्ता ३ जोडी, चना, मटर, चिनि, बेसनको पिठो, कफी चक्लेट, थुक्पा, पानिपुरी, भुजिया आलु चिप्स लगायत अन्य सामग्रीहरू छन्। यी सामग्रीहरूको मूल्य रु. १,५०,७५० (एक लाख पचास हजार सात सय पचास) रहेको उल्लेख गरिएको छ।

सम्पूर्ण सामग्रीलाई नियन्त्रणमा लिएर मेचि भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने तयारी भइरहेको जानकारी पनि दिइएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार