झापाको मेचिनगर नगरपालिका वडा नं. १० मा इलाका प्रहरी कार्यालय धुलाबारीको टोलीले हिजो बब्लु (मनु मुर्मा) लाई प्रतिबन्धित लागु-औषधसहित पक्राउ गरेको छ।
सूचना प्राप्त भइ त्यसको आधारमा खटिएको टोलीले शंका लागेका ३१ वर्षे बब्लु (मनु मुर्मा)लाई चेकजाँच गर्दा विभिन्न सामाग्रीहरूसहित नियन्त्रणमा लिएको हो।
पक्राउ परेका व्यक्तिको पासबाट मिनि डिजिटल तराजु, एक थान Redmi मोबाइल, १३,६५०/- रूपैयाँ नगद र १ ग्राम ३५० मिलिग्राम ब्राउन सुगर नामक प्रतिबन्धित लागु-औषध सहित १ ग्राम १५० मिलिग्रामको मात्रा फेला परेको छ। पक्राउपछि अभियुक्तलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
1
+1
+1
+1
+1