झापा जिल्लाको सताक्षीधाममा शतबीज छर्न गएकी एक महिलाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार सरिता टुडू नामकी ४५-५० वर्ष उमेरकी ती महिलाको मृत्युको कारण अझै खुल्न सकेको छैन।

प्रहरीका अनुसार हिजो बिहान ११:४५ बजे सिकिस्त अवस्थामा फेला परेकी उनलाई अस्पताल पुर्याइए पनि डाक्टरले मृत घोषणा गरे। सताक्षीधाममा पितृका नाममा शतबीज छरेर, उनी सहयोग मागिरहेको बेला अचानक ढलेको प्रत्यक्षदर्शीले बताएका छन्।

घटनास्थलमा स्थानीयले नगद र अन्नपात सहयोग गरिरहेका थिए। तर, ढलेपछि उपचारका लागि तत्कालै अस्पताल लैजान समस्या देखिएको छ। यातायातको अभाव र भीडका कारण समयमा उपचार नपाएको रेडक्रसकर्मीहरूले बताएका छन्।

यो घटना हेलचक्र्याइँ र तत्काल उपचारको व्यवस्थापन अभावले थप गम्भीर प्रश्न खडा गरेको छ। यस विषयमा उचित छानबिन र भविष्यमा यस्ता घटनालाई रोक्न उपाय खोजिनु जरुरी छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार