झापा । झापा जिल्लाको भद्रपुर नगरपालिका वडा नं. ५ मेची पुल नजिकै प्रहरीले प्रतिबन्धित लागुऔषधसहित २६ वर्षीय विकास घिमिरेलाई पक्राउ गरेको छ।

मिति २०८१ साल मंसिर २५ गते राति १०:३० बजे मेचीपारीस्थित प्रहरी बिटबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल प्रवेश गर्दै गरेका नुवाकोट बिदुर नगरपालिका वडा नं. १० निवासी २६ वर्षीय विकास घिमिरेलाई शंका लागेर जाँच गर्दा प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको हो।

प्रहरीले घिमिरेको पाइन्टभित्र लुकाएर ल्याएको अवस्थामा ब्राउन सुगर १७ ग्राम ९८० मिलिग्राम (प्लास्टिक बाहेक १४ ग्राम १३० मिलिग्राम) र चरेस २ ग्राम (प्लास्टिक बाहेक १ ग्राम ५७० मिलिग्राम) बरामद गरेको छ। पक्राउ परेका व्यक्तिलाई झापाको जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार