झापा । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र झापाले ११६ जना रक्तदाता स्वयंसेवकहरुलाई अभिनन्दन गरेको छ । नेरेसो सभापति लोकराज ढकालको अध्यक्षतामा भएको संमान कार्यक्रममा उनीहरुलाई दोसल्ला सहित संमान पत्रबाट अभिनन्दन गरिएको थियोे ।

मेचिनगर नगरपालिका स्थित चारआली जङ्गलमा रहेको निचाझोडा सामुदायिक बनमा आयोजना गरिएको अभिनन्दन संमान कार्यक्रममा झापा जिल्लामा सकृय ११६ जना रक्तदाताहरुलाई संमान गरिएको जिल्ला शाखा झापाका सभापति लोकराज ढकालले बताउनु भयो । उनिहरुलाई सभापति ढकाल लगायत नेरेसो झापा जिल्ला कार्यसमिति पदाधिकारीहरुले संमान गर्नु भएको थियोे ।

संमान तथा अभिनन्दन कार्यक्रममा सभापति लोकराज ढकाल , शाखाका उपसभापति मित्रदेव काफ्ले , जिल्ला शाखाका कार्यालय प्रमुख हरिशरण खड्का , रक्तसञ्चार झापाका इन्चार्ज शिशिर दाहाल एवं रक्तदान अभियान्ता इन्जिनियर गिरिजा प्रसाद भट्टराई लगायतले रगतको महत्त्व ,स्वयंसेवक भुमिका र सामाजिक संजाल प्रयोग तथा रक्तदाता एपबाट हुन सक्ने फाइदाहरुको बिषय परिचर्चा गर्नु भएको कार्यक्रमको सहजीकरण शाखाका मन्त्री चन्द्र चुडालले गर्नुभएको थियोे ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
4
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार