काठमाडौ । मिलिजुली सामाजिक प्रतिष्ठानले आफ्नो  प्रथम बिशेष साधारण सभा शनिबार  काठमाडौमाको बुढानिलकण्ठमा भब्यताको साथ सम्पन्न गरेको छ ।

लामो समय देखि सामाजिक क्षेत्रमा काम गर्दै आएको यस प्रतिष्ठानले शनिबार काठमाडौको बुढानिलकण्ठस्थित छिमेकी चुलोमा प्रतिष्ठानका सदस्यहरुलाइ संस्थापक सदस्यताको प्रमाणपत्र बितरण  गर्दै साधारण सभा सम्पन्न गरेको मिलिजुली सामाजिक प्रतिष्ठानका अध्यक्ष माधव  शर्माले जानकारी दिनुभयो ।

प्रतिष्ठानका सचिव अजय पाण्डेले सांचालान गरेको कार्यक्रममा बोल्दै मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष सुमन थापाले उपस्थिति सबैलाइ स्वागत गर्दै  प्रतिष्ठानको औचित्य र भावी  कार्ययोजना बारे प्रकाश् पारेका थिए ।

गृहणी महिलाहरुलाइ आत्मनिर्भर बनाउने उद्देश्यले गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली सामाजिक प्रतिष्ठानले सयुक्त आयोजना गरेको ३ महिने निशुल्क  आधारभुत  ब्युटी पार्लर तालिको समापन गर्दै प्रतिष्ठानकी सांरक्षक रारा सैंजुले सबै महिला दिदिबहिनीहरु सिपमुलक तालिमबाट आत्मनिर्भर बन्न सक्ने बताउनु भयो । प्रतिष्ठानले आगमि दिनमा पनि बिपन्न बालबालिकाको शिक्षा र गृहणी महिला दिदिबहिनी हरुलाइ आत्मनिर्भर बनाउने उद्देश्यले शिपमुलक तालिम निरन्तर  प्रदान गर्दै जाने बताउनु भयो ।

प्रतिष्ठानले ३ महिने निशुल्क  आधारभुत ब्युटी पार्लर  तालिम सम्पन्न गर्ने ७ जना प्रशिक्षार्थीहरुलाइ प्रमाणपत्र तथा मायाको चिनो प्रदान गर्नुको साथै तालिम सप्पन्न गराउन महत्त्वपूर्ण जिम्मेवारी लिने प्रशिक्षकद्वय सोनिया चामलिङ राई र रुपा तुलाधरलाइ स-धन्यवाद मायाको चिनो प्रदान  गरेको थियो । आधारभुत ब्युटी पार्लर तालिममा प्रजिना श्रेष्ठ सर्वोत्कृष्ट शिक्षार्थी बन्न सफल भइन ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार