अभिषेक खतिवडा/पौष १८। भद्रपुर नगरपालिका कि पुर्व उपप्रमुख चन्द्रमाया श्रेष्ठलाई पुत्रशोक परेको छ।
श्रेष्ठका एक मात्र २९ वर्षीय छोरा निश्चल राजभण्डारीको बिहीबार साँझ काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो।
भद्रपुर- ८ निवासी निश्चल र उनकी धर्मपत्नी पूजा राजभण्डारी तीनदिन अघि भक्तपुरको सानोठिमीमा स्कुटरमा सडक दुर्घटनामा परी गम्भीर घाइते भएका थिए ।
घाइतेमध्ये निश्चलको नर्भिक हस्पिटलमा उपचार चलिरहेको बेला उनको निधन भएको जानकारी अस्पतालले गराए पछी परिवार सगै सम्पुर्ण शोकाकुल भएका छन। पूजाको भन्ने सोही अस्पतालमा उपचार भइरहेको छ ।
निश्चल र पूजा अध्ययनका लागि अस्ट्रेलियामा बसेर केही दिन अघि मात्रै भद्रपुर घर आएका थिए । दुवै जना बिहीबार रातिको अस्ट्रेलिया उड्ने योजनामा थिए । अस्ट्रेलिया जानु अघि उनीहरू बजारबाट सामान किनेर भक्तपुरको निजी निवासमा फर्कने क्रममा कुकुरले सडकमा अवरोध पुर्याएपछि स्कुटर अनियन्त्रित भई दुर्घटनामा परेको थियो । निश्चलका बुबा दुर्गा राजभण्डारी मेची अस्पताल भद्रपुरका पूर्व कर्मचारी हुन् ।