आज बिहान ८:०३ बजे मुगु केन्द्रविन्दु भएर ४.४ रिक्टर स्केलको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, भूकम्पको कम्पनले मानिसहरूमा त्रास उत्पन्न गरेको छ, तर ठूलो क्षति भएको विवरण भने प्राप्त भएको छैन।
यसअघि, बिहीबार अपराह्न सिन्धुपाल्चोकमा ४.८ रिक्टर स्केलको भूकम्प गएको थियो। त्यस्तै, यही पुस १६ गते बैतडी केन्द्रविन्दु बनाएर ४.६ रिक्टर स्केलको कम्पन भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1