झापा, — प्यावसन झापाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। निर्वाचनमा छत्र बा कार्की १७६ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी भएका छन्। उनका प्रतिस्पर्धी जनार्दन ढकालले १०८ मत प्राप्त गरेका थिए। ३०९ मतदातामध्ये २८९ मत खसेको यस निर्वाचनमा २ मत बदर भएका थिए।
वरिष्ठ उपाध्यक्ष पदमा हरिकृष्ण पाठक १८९ मतका साथ विजयी भए भने उनका प्रतिस्पर्धी उत्तम खनालले ९५ मत मात्र पाए। उपाध्यक्ष पदमा टीआर गौतमले १२२ मत प्राप्त गर्दै बदिराम राई (९६ मत) र भवानी पाठक (६१ मत)लाई पछि पारे।
सचिव पदमा लक्ष्मीप्रसाद उप्रेती १६९ मतका साथ विजयी भए भने उनका प्रतिस्पर्धी रुद्र सिटौलाले ११४ मत पाए। कोषाध्यक्ष पदमा अमृतकुमार तिम्सिनाले १४९ मत प्राप्त गरी विजयी हुँदा जनार्दनकुमार मैनाली १३६ मतमा सीमित रहे।
सहसचिव पदका दुई विजयी उम्मेदवारमा जीवन सिवाकोटीले १७० मत र विनोद सुब्बाले १६८ मत प्राप्त गरे। तेस्रो उम्मेदवार डम्बर रुचालले भने १३२ मत मात्र प्राप्त गरेका थिए।
निर्वाचनले नयाँ कार्यसमितिलाई चयन गर्दै संगठनलाई अगाडि बढाउने जिम्मेवारी दिएको छ।