कविता : “भेद र अर्थ“
शास्त्र कहन्छ
स्वयं भगवान महादेवले
विष्णु र महादेवमा भेद गर्ने
नर्क गामी हुन्छ भनेका छन,
विष्णुले पनि सोही।
प्रसङ्ग बदलौं
त्यसो भए किन एक कर्मकाण्ड छैन त?
पुजा जसको गर्दा पनि किन नहुने,
किन पुजामा विष्णु र महादेवको लागि
दुई भाग राखिन्छ
जबकि दुवै हरिहर भएर रहन्छन ।
उसले घोषणा गर्यो
“हाम्रा शास्त्र भगवानको
टाइम पास हुने खालको
चिया गफ मात्र हो “
✍️अर्जुन दाहाल
गाैरादह–३, झापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1