झापाको बिर्तामोड नगरपालिकाले हालै ८२५ जना गरिबको तथ्यांक सार्वजनिक गरेको छ, जुन दुई वर्षअघि गरिएको सर्भेमा आधारित छ।
नगरपालिकाले २०७८ माघ ८ देखि २०७९ असार ७ गतेसम्म ५ महिना लगाएर नगरभरि १० वटै वडामा सर्भे गरेको थियो। सर्भेमा १८६ जना अति गरिब, ३१७ जना मध्यम गरिब, र ३२२ जना सामान्य गरिब रहेका छन्।
गरिब परिवारको प्रारम्भिक सूचीमा कुनै गुनासो वा उजुरी दर्ता गर्नको लागि बिर्तामोड नगरपालिकाले १५ दिने सूचना जारी गरेको छ। नगरपालिकाका वडा कार्यालयहरूमा गुनासो सुनुवाई अधिकारीको कार्यतालिका पनि सार्वजनिक गरिएको छ।
नगरपालिकाको जनसंख्या करिब १ लाख ४२ हजार रहेको छ, जसमा ५८ हजार मतदाता छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
1
+1
+1
+1