झापा, माघ ४ । झापाको मेचिनगर नगरपालिका वडा नं. १२ माईलाबारी टोलस्थित होटल लिटल सेफ फास्ट फुड क्याफेमा गएराति भएको आगलागीबाट करिब ८ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

दामोदर दाहालको दुई तले घरको तल्लो तलामा प्रदीप लिम्बुले सञ्चालन गर्दै आएको उक्त क्याफेमा ईनभर्टरको तार सर्ट भएर राति करिब १ बजे आगलागी भएको हो।

आगो प्रहरी चौकी चारआलीबाट खटिएको टोली र स्थानीयवासीको सहयोगमा करिब १:२० बजे नियन्त्रणमा लिइएको थियो।

यस आगलागीबाट मानवीय क्षति नभए पनि क्याफे आंशिक रूपमा नष्ट भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार