इलाम । इलाम नगरपालिका वडा नं. ३  चिसेनीस्थित हजो राति करिब १० बजेको समयमा ठाकुर सिंह राईको घरमा आगलागी भएको छ।

आगलागीको जानकारी माघ ४ गते अपराह्न १ बजे इलाम प्रहरीलाई प्राप्त भएपश्चात अप्रविट पुवामझुवा प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक हरि किशोर राजवंशीको कमाण्डमा एक टोली घटनास्थलतर्फ खटिएको थियो।

घटनास्थलमा पुगेपछि बुझ्दा, काठको बेरा र चित्राको छाना भएको एक तले घरमा चुल्होबाट सल्केको आगोले घर पूर्ण रूपमा जलेर नष्ट भएको पाइएको छ। घरभित्र रहेका लत्ताकपडा, भाँडाकुँडा तथा खाद्यान्न सामग्रीसमेत जलेर अन्दाजी चार लाख रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ।

यद्यपि, यस आगलागीमा कुनै मानवीय वा चौपाय क्षति नभएको जानकारी प्राप्त भएको छ। आगलागी नियन्त्रणमा लिन स्थानीय बासिन्दा र प्रहरीको सक्रियताले सहयोग पुर्याएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार