हल्दीबारीमा सामुदायिक विद्यालयका डेक्स बेन्च मर्मत तथा पहेँलो कलरमा

हल्दिबारी। झापाको हल्दीबारी गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयका डेक्स बेन्चहरु मर्मत गर्नुका साथै रंग रोकन गर्न शुरु गरिएको छ ।

विद्यालयमा रहेका डेक्स बेन्चलाई पहेँलो कलर गरेर चिटिक्क पार्न थालिएको पालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनले हल्दिबारी डटकमलाई बताउनुभयो ।

हल्दिबारी गाउँपालिकामा रहेका १७ वटा सामुदायिक विद्यालयका सबै डेक्स -बेन्चहरु मर्मत गरिने छ भने अभिभावक , विद्यार्थीको सक्रियतामा रङरोकन गर्न लागिएको अध्यक्ष लिङ्देनले जानकारी दिनुभयो ।

२० औं बर्षदेखी बिगि्रएर थन्किएका डेक्स बेन्च लाई रङ रोकन तथा मर्मत गाउँपालिकाले गर्ने छ भने प्रत्येक विद्यालयमा कक्षा ५ सम्मको अभिभावक ,जनप्रतिनिधि र सरोकार वालाको सहयोगमा रङ लगाउन लागिएको छ । त्यस्तै ५ देखि माथिका कक्षामा भने विद्यार्थीको सक्रियतामा रंग रोकन गर्ने गरि काम आगामी बढाएको अध्यक्ष लिङ्देनले जानकारी दिनुभयो ।

हल्दिबारीका विद्यालयमा सिसि क्यामरा जडान , कम्पियुटर ल्यावको व्यवस्था , शिक्षकहरुको इ हाजिर , व्यवस्थित बाल बिकास कक्षाहरु , कक्षा १२ सम्म निशुल्क शिक्षा , जस्ता महत्त्वपूर्ण शिक्षा सुधारका कार्यक्रमहरु २०७४ देखि नै हल्दिबारीमा संचालन हुँदै आएको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार