झापा जिल्लाको मेचीनगर नगरपालिका–१३ स्थित चारआली चोकमा शुक्रबार साँझ ६:३० बजे विभिन्न सवारी साधनहरूको चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छलेर ल्याइएको मदिरासहित एकजना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार मोरङ सुन्दरहरैचा नगरपालिका–८ का ४० वर्षीय शंकरप्रसाद प्रसाईंलाई २ लाख ४० हजार रुपैयाँ बराबरको मदिरासहित नियन्त्रणमा लिइएको छ। बरामद मदिरामा ओल्ड मन्क ब्रान्डको १६८ पिससिक्किम २००० लेखिएको ७२ पिस रहेका छन्।

त्यस्तै, गएराति मेचीनगर नगरपालिका–६ हनुमान मन्दिर क्षेत्रमा अबैध रूपमा भन्सार छलि ल्याइएका करिब १ लाख २ हजार ५०० रुपैयाँ मूल्य बराबरका उपभोग्य सामानहरू बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

बरामद सामग्रीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार