(फाइल तस्विर) मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका–८, भृकुटी टोलमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ।
प्रहरीका अनुसार आज बिहान ७३ वर्षीय हरिप्रसाद घिमिरेलाई घरबाट १५ मिटर उत्तरपश्चिममा जंगली हात्तीले आक्रमण गरेको थियो । आक्रमणका कारण घिमिरेको घटनास्थलमै मृत्यु भएको छ। हात्ती आक्रमणपछि जङ्गलतर्फ भागेको छ।
मृतकका छोरा विदेशमा रहेका कारण शवलाई पोष्टमार्टमका लागि कोशी अस्पतालमा लगेर राख्ने तयारी भइरहेको प्रहरीको भनाइ छ। घटनास्थलमा प्रहरी टोली खटाएर सुरक्षा व्यवस्था कडा पारिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
7
+1
2