निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापा शाखाको नयाँ कार्यसमितिलाई पद हस्तान्तरण कार्यक्रम शनिबार सम्पन्न भएको छ।

प्याब्सन कार्यालय बिर्तामोडमा भएको कार्यक्रममा प्याब्सन झपाका निवर्तमान अध्यक्ष गौरीमान फागोको अध्यक्षता र प्याब्सनका केन्द्रीय सल्लाहकार गोविन्द लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा प्याब्सनका प्रदेश सल्लाहकार एलडी राई, केन्द्रीय सदस्य एलपी उप्रेती, निर्वाचन प्रमुख आयुक्त अमृत बहादुर बुढाथोकी, प्रदेश सचिव कोषराज प्याकुरेल र प्याब्सनका अन्य पदाधिकारी र सल्लाहकारहरूको पनि उपस्थिति रहेको थियो।

नव निर्वाचित कार्यसमिति सदस्यहरू अध्यक्ष छत्र बहादुर कार्की, वरिष्ठ उपाध्यक्ष हरि कृष्ण पाठक, उपाध्यक्ष: टी.आर. गौतम, सचिव: लक्ष्मी प्रसाद उप्रेती, कोषाध्यक्ष: अमृत कुमार तिम्सिना, सह-सचिव: जीवन सिवाकोटी, बिनोद सुब्बा, सह-कोषाध्यक्ष नवराज सुवेदी, पालिका अध्यक्षहरु भक्त कार्की( भद्रपुर ), बिक्रम क्षेत्री ( मेचीनगर), रामप्रसाद सुहाङ ( शिवसाताक्षी), तिलक पाख्रीन ( बुद्धशान्ति ), टेक नाथ तिम्सिना ( गौरादह), याम दङ्गाल ( हल्दिबारी), बाल गोपाल गौतम ( अर्जुनधारा), दिपक सङ्ग्रौला ( कमल गाउँपालिका), सुरेन्द्र खरेल ( बिर्तामोड ), नवीन योगी( दमक), बिनोद उप्रेती ( कनकाई) , निमेष ढुङ्गेल ( बाह्रदशी), धनप्रसाद राजबंशी( गौरीगन्ज), फोकल पर्सन गणेश सुवेदी ( झापा गाउँपालिका), मित्रलाल सापकोटा ( कमल गाउँपालिका ), जिल्ला सदस्यहरु मोहन थापा, सुमन शर्मा जमरकटेल, देबेन्द्र हुमागाई, कुल बा. श्रेष्ठ, कुमार राय, कल्पना थापा, अनुप राय, गणेश कुमार श्रेष्ठ , सुर्य बा. कटुवाल, प्रेम कुमार ओजा, युवराज बराल , गोपाल ढुङेल , भोज बा. कार्की, सन्तोष सुब्बा , दिपेन्द्र सुब्बा लगायतले सदस्यताको प्रमाण सँगै सपथ ग्रहण गरेका थिए।

निवर्तमान वरिष्ठ उपाध्यक्ष र हालका अध्यक्ष छत्रबहादुर कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन कृष्ण पाठकले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार