कविता : “नारी चरित्र

कलियुगका नारी
जो राम्रो घर खोज्छन
त्यो स्वभाविक लक्षण हो।
शास्त्रमा सतीदेवीको बिहे
वृद्ध भेष धारी महादेव सँग हुँदा
महादेवले चरित्र हेर्न
खरको झुप्रो देखाए।
आफ्नो माइत भन्दा बेसुरको झुप्रो देखेर
विरक्तीइन सतिदेवी।
त्यसपछि
महादेवले एक किक हानेर
उक्त झुप्रो लडाई
कैलाशको दर्शन दिए।
नारी चरित्रमा अहिलेका नारी
पतिको दासी छैनन
स्वतन्त्र छन।

✍️अर्जुन दाहाल
गाैरादह–३, झापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार