कविता : “सँगत र फल“
लंकेश रावण
ब्रह्माको मानस पुत्र
पुलत्स्यको नाति थियो,
स्वत नै कुनै ज्ञानी ऋषिमुनि हुन्थ्यो,
राक्षस् कुलको संगतले
राक्षस बन्यो।
इतिहासमा ऋषिमुनि बाहेक
बारम्बार तपस्या गर्न सक्ने
रावण नै थियो
राक्षसको संगतले
पतन भयो।
यसलाई भन्छ
सँगतको फल ।
✍️अर्जुन दाहाल
गाैरादह–३, झापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1