मुम्बई । बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण गर्ने व्यक्ति आइतबार बिहान ३:३० बजे पक्राउ परेका छन्। मुम्बई प्रहरीले पत्रकार सम्मेलनमार्फत आक्रमणकारीको पहिचान मोहम्मद शरीफुल इस्लाम शहजादका रूपमा गरेको छ।

आक्रमणकारी ३० वर्षका छन् र उनी बंगलादेशका नागरिक हुन सक्ने आशंका गरिएको छ। उनी केही समय मुम्बईमा बसेर फेरि फर्किएका थिए। मुम्बईको ठाणे जिल्लास्थित हीरामण्डी श्रम शिविरबाट उनलाई पक्राउ गरिएको हो।

बिहीबार बिहान २:३० बजे बान्द्रास्थित सैफको निवासमा प्रवेश गरेका आक्रमणकारीले छुरा प्रहार गरेका थिए। यो आक्रमणमा सैफको मेरुदण्ड र घाँटीमा गम्भीर चोट लागेको छ। उनलाई तत्काल लीलावती अस्पतालमा भर्ना गरिएको छ।

आरोपीसँग भारतका कुनै आधिकारिक प्रमाणपत्रहरू भेटिएका छैनन्। प्रहरीले उनलाई अदालतमा पेश गरी हिरासतको माग गर्ने तयारी गरिरहेको छ। प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको बताउँदै सैफको स्वास्थ्य स्थिति सुधार हुँदै गएको जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार