दमक । दमक नगरपालिका–७ का ४० वर्षीय विनोद थापाले प्रेमिकाले धोका दिएको भन्दै आफ्नै शरीरमा आगो लगाएका छन्। घटना आइतबार बिहान ११:४० बजेतिर मोरङको उर्लाबारी नगरपालिका–७ स्थित पश्चिम बस स्टेण्ड नजिकै भएको हो।

प्रारम्भिक अनुसन्धान अनुसार, थापाले पेट्रोल छर्किएर लाइटरको मद्दतले आफ्नै शरीरमा आगो लगाएका थिए। घटना स्थल अन्नपूर्ण खाजा घर नजिक रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिएका छन्। उक्त खाजा घर दमक–३ की २८ वर्षीया इन्द्र लिम्बूको रहेको बुझिएको छ।

प्रहरीका अनुसार, थापाले प्रेमिकाबाट धोका पाएको कारणले यस्तो कदम चालेको बताएका छन्। आगो लाग्दा थापाको कपाल, घाँटी, हातलगायत शरीरका विभिन्न भागमा पोलेको चोट लागेको छ। घाइते थापाको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचार भइरहेको छ, जहाँ उनको अवस्था मध्यम रहेको जनाइएको छ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर राकेश यादव नेतृत्वको टोलीले घटनास्थलमा पुगेर आगो निभाएर थापालाई अस्पताल पु¥याएको थियो। प्रहरीका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार