आज बिहानझापा जिल्लाको बुद्धशान्ति ४ स्थित हापेन चौकमा आज बिहान बोलेरो र अटो एक आपसमा ठोक्किँदा सवारी दुर्घटना भएको छ। दुर्घटनामा २७ वर्षीया अमृता तामाङको घटनास्थलमै मृत्यु भएको छ। उनी बुद्धशान्ति ४ निवासी थिइन्।

बुधबारेबाट इलामतर्फ जाँदै गरेको बोलेरो (प्र. १-०१-००१ ज ३८५१) र विपरीत दिशाबाट आएको अटो (प्र. १-०१-००२ ह ३६३) एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

घटनामा अटोमा सवार २१ वर्षीया कृतिका तामाङ र ४१ वर्षीया मञ्जु तामाङ सामान्य घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको छ। बोलेरोका चालक, मेचीनगर १२ निवासी ४० वर्षीय दिलकुमार थामी पनि घाइते भएका छन् र उपचारमा छन्।

यस्तै, अटो चालक ५३ वर्षीय सेवारो साइँलालाई इलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार