झापा । झापाका हल्दिबारी र बाह्रदशी गाउँपालिकाका सक्रिय पत्रकारहरूको संयुक्त भेलाले “हल्दिबारी-बाह्रदशी प्रेस क्लब” गठन गरेको छ।

हल्दिबारी प्रेस क्लबको आयोजनामा हल्दिबारी गाउँपालिका-२, भेलागढी लोकतान्त्रिक पार्कमा सम्पन्न भेलाले पहिलेको “हल्दिबारी प्रेस क्लब” विघटन गर्दै नयाँ क्लब गठन गरेको हो।

क्लबका महासचिव हैकम घिसिङका अनुसार नयाँ क्लबले दुबै पालिकाका पत्रकारहरूलाई समेटेर संयुक्त छाता संगठनका रूपमा कार्य गर्ने उद्देश्य लिएको छ।

नव गठित क्लबको कार्यसमितिमा अध्यक्ष नेत्र बिक्रम बिमली (हल्दिबारी), उपाध्यक्ष अभिषेक धमला (प्रीतम) (बाह्रदशी), महासचिव हैकम घिसिङ (हल्दिबारी), सचिव मनोज तिवारी (दर्पण) (बाह्रदशी), कोषाध्यक्ष शान्ता उप्रेती (हल्दिबारी), सदस्यहरू जनक राजवंशी (हल्दिबारी), टिकारम बास्तोला (हल्दिबारी), राजेश आचार्य (बाह्रदशी), असफाक आलम (बाह्रदशी)  चयन भएका छन् भने सल्लाहकार समिति लेखनाथ शिवाकोटी (प्रदेशी), सुरेन्द्र भण्डारी, याम दंगाल चयन हुन भएकाे छन् भने लेखा समिति अभिषेक खतिवडा, जनक राउत हेमन्त मैनाली चयन भएका छन् ।

यस क्लबले दुबै पालिकाका पत्रकारहरूको हकहित र पेशागत विकासका लागि सक्रिय भूमिका निर्वाह गर्ने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार