अभिषेक खतिवडा/झापा। हल्दिबारी वडा नं-३ मा अपाङ्गमैत्री समाज निर्माणका लागी वडा स्तरीय एकता अपाङ्गता मिलिजुली समुह एक कार्यक्रमका बिच गठन गरिएको छ ।

हल्दिबारी वडा नं-३ को सभाहलमा गाउँपालिका द्वारा आयोजना गरिएको कार्यक्रममा वडा अध्यक्ष बिष्णु प्रसाद ओलीको संयोजकत्वमा कार्यक्रम संचालन भएको थियो।

कार्यक्रममा वडा सदस्य अजित बिष्ट , वडा सदस्य शर्मिला विश्वकर्मा ,वडा सचिव राजन खतिवडा , महिला तथा बालबालिका शाखा प्रमुख तृष्णा थापा मगर ,करुणा फाउण्डेशन नेपाल प्रतिनिधि अनुष्का केसी, सि.वि आर सहजकर्ता बलराम सन्यासी ,ढडुवा युवा क्लबका अध्यक्ष कुल प्रसाद न्यौपाने , क्ल्बका सचीव अभिषेक खतिवडा लगायतको उपस्थिति रहेको थियो।

उक्त भेलाले सुमित्रा गिरीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा अशोक आचार्य ,सचिवमा डम्बर भट्टराई ,सहसचिवमा विवेक खतिवडा , कोषाध्यक्षमा प्रेम कुमारी गिरी चयन भएका हुन। त्यस्तै सदस्यहरुमा धनराज निरौला ,आशा लिम्बु,विन्दा गिरी,रिधिमा कार्की , पुष्पकला गिरी बन , हरिमाया मिश्र ,तेजकुमारी गिरी र सुन्दर कुमार दर्नाल चयन गरिएको थियो।

कार्यक्रममा वडाका जनप्रतिनिधि वडा अध्यक्ष बिष्णु ओली र वडा सदस्य अजित बिष्टले शुभकामना मन्तव्य राख्दै शारीरिक रुपमा अशक्त र कम्जोर रहेका वडावासीलाई वडाले सम्बन्ध अझै प्रभावकारी ढङ्गले गर्ने प्रतिबद्धता व्यक्त गरेका छन। मिलिजुली समुहको मासिक नियमित बैठक प्रत्येक महिनाको दोस्रो शनिबार बस्ने समेत निर्णय गरिएको बुझिएको छ ।

वडागत रुपमा गाउँपालिका ,करुणा फाउण्डेशन र प्रदेश सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको समवन्यमा चलिरेको हल्दिबारीमा संचालन भइरहेको छ ।

साथै वडा नं-३ मा आयोजना गरिएको कार्यक्रमको संचालन एवम सहजीकरण महिला तथा बालबालिका शाखा प्रमुख तृष्णा थापा मगरले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार