हल्दीबारी, ७ माघ । हल्दीबारी गाउँपालिकाले योजना शाखामा कार्यरत पाचौं तहमा कार्यरत कर्मचारी सुरज पोख्रेललाई एक कार्यक्रम बिच बिदाई गरेको छ।
पाचौं तहमा कार्यरत पोख्रेललाई हल्दीबारी गाउँपालिकाबाट इलाम जिल्ला अदालतको लेखापालमा सरुवा भएपछि उनको सम्मानमा बिदाई कार्यक्रम आयोजना गरिएको हो।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) को अध्यक्षतामा आयोजित कार्यक्रममा पोख्रेललाई “फेरि भेटौंला” कार्यक्रममार्फत बिदाई गरियो। पोख्रेलले २०७५ सालदेखि हल्दीबारी गाउँपालिकामा सेवा प्रदान गर्दै आफ्नो कामप्रति समर्पित र उत्कृष्ट छवि बनाउन सफल भएका थिए। उनी झापा, भद्रपुर-१० का निवासी हुन्।
बिदाई कार्यक्रममा गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन, र सुरज पोख्रेलले मन्तव्य व्यक्त गरे। कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष देवी बहादुर थापा, वडा नम्बर ४ का अध्यक्ष सन्तकुमार थापा, वडा सदस्य प्रकाश कार्की, गाउँपालिकाका विभिन्न शाखाका कर्मचारी, शिक्षक, र सञ्चारकर्मीको उपस्थिति थियो। कार्यक्रमको सहजीकरण योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए।