जनक राजवंशी/हल्दिबारी-२, झापा । झापा हल्दिबारी २ मा रहेको सिग्मा इङ्गलिस स्कूलमा आज बिर्तामोड युथ स्काउट्सको सहयोगमा विभिन्न विद्यालयका स्काउट टोलीहरूको उपस्थितिमा सुरक्षा र विपद् व्यवस्थापनसम्बन्धी विशेष कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा प्रमुख अतिथि हल्दिबारी-२ का वडाध्यक्ष श्री सुकलाल राजबंशी हुनुहुन्थ्यो भने विशेष अतिथिहरूमा नेपाल रेडक्रस सोसाइटी हल्दिबारी शाखाका अध्यक्ष श्री कर्णखर प्रसाई र हल्दिबारी-२ प्रहरी चौकीका प्रहरी इन्चार्ज सहभागी हुनुहुन्थ्यो।

कार्यक्रम अन्तर्गत प्राथमिक उपचार तालिम, एलपीजी ग्यास सुरक्षा सचेतना, तथा विपद् व्यवस्थापनसम्बन्धी कार्यशाला सञ्चालन गरियो। यी तालिमहरूले विद्यार्थीहरू र सहभागी समुदायलाई आपत्कालीन परिस्थितिमा आवश्यक ज्ञान र कौशल प्रदान गरेका छन्। कार्यक्रमको सञ्चालन पवन कोइराला र नारायण श्रेष्ठले गर्नुभएको थियो।

कार्यक्रमको अध्यक्षता सिग्मा इङ्ग्लिस स्कूलका प्रिन्सिपल श्री नरेश पराजुलीले गर्नुभएको थियो। उहाँले यस प्रकारका सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरू र स्थानीय समुदायमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा विद्यार्थीहरूको सक्रिय सहभागिता र अतिथिहरूको उपस्थिति उल्लेखनीय रह्यो। यसले विद्यालय र स्काउट टोलीहरूले सुरक्षा र विपद् व्यवस्थापनप्रति देखाएको प्रतिबद्धता झल्काएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार