कविता : “पुरुष चरित्र“
स्वस्थानीको कथामा
महादेव सतिदेवी माग्न
कन्यार्थी भएर गएको प्रसङ्ग छ।
विष, भाँग, धतुरो खानेलाई
छोरी दिन
जो कोही बाउ पनि हिच्किचाउँछन् नै
यी स्वभाविक हो।
महादेवले निन्दा सम्झिए
अनि आफ्नो जिग्री विष्णु सँग गएर
सेटिङ मिलाउन लगाए,
अनि विष्णुको सेतिङले
महादेवको विवाह सम्पन्न भयो।
यो पुरुष चरित्र रहृयो
विष भाङ धतुरोको कमाल,
त्यही पनि महिला
महादेव जस्तै खोज्छन,
सायद ज्वाइँ निन्दित गराउन होला ।
✍️अर्जुन दाहाल
गाैरादह–३, झापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1