हल्दिबारी, ८ माघ । हल्दीबारी गाउँपालिकामा परिवार योजना ( नियोजन ) स्थायी बन्ध्याकरण घुम्ती शिविर सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
स्वास्थ्य कार्यालय झापाको आयोजनामा भएको कार्यक्रममा जन स्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले कार्यक्रमको आवस्यकता र शिविर राख्नुको उदेश्य माथि सहभागी स्वास्थ्य कर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाहरुलाई जानकारी गराउनु भएको थियो ।
हल्दीबारी गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा यही माघ ३० र फाल्गुन १ गते सन्तानको रहर पुगी सकेका दम्पतीहरुको लागि परिवार नियोजनको स्थायी बन्ध्याकरण पुरुषहरुको लागि भ्यासेक्टोमी र महिलाहरुको लागि मिनिल्याव निशुल्क घुम्तीशिविर जलथल स्वास्थ्य चौकीमा आयोजना गरिएको हल्दिबारी गाउँ स्वास्थ्य शाखाका जन स्वास्थ्य निरीक्षक प्रकाश खतिवडाले बताउनुभयो ।
आज सम्पन्न अन्तरक्रिया कार्यक्रममा हल्दीबारी गाउँपालिका भित्र रहेका ५ वटै स्वास्थ्य चौकीका प्रमुख र सबै वडामा स्वयंसेवक रूपमा सेवा गर्दै आएका महिला स्वयंसेविकाहरुको सहभागीता रहेको थियो ।