सिलगुडी । भारतको सिलगुडीमा हिजो सोमबार बिहान सिलगढी नजिकैको ठाकुरनगर क्षेत्रमा भएको रेल दुर्घटनामा दुई जनाको ज्यान गएको छ। घरबाट काममा जाँदै गर्दा रेलवे ट्र्याक पार गर्ने क्रममा रेलले किचेर उनीहरूको मृत्यु भएको हो।
दुर्घटनामा मृत्यु हुनेहरूमा सिलगुडीको ठाकुरनगर निवासी बिभीषण महतो र बिहारको बेगुसराय निवासी स्वपन महतो रहेका छन्। स्थानीय ठाकुरनगर बारिभाषा क्षेत्रमा रेलवे लाइन पार गर्ने क्रममा रेलले धक्का दिएको जानकारी प्राप्त भएको छ।
दुवै जनाको शव नजिकैको खेतमा लडिरहेको अवस्थामा फेला परेको थियो। घटनाबारे जानकारी पाएपछि रेलवे प्रहरी अधिकारीहरू घटनास्थलमा पुगेका थिए। प्रहरी टोलीले दुवै शवलाई नियन्त्रणमा लिई पोस्टमार्टमका लागि अस्पताल पठाएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
2
+1