राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि भैरहवा पुगेका छन्। उनले भोलि जिल्ला अदालत रुपन्देहीमा उपस्थित भएर आफ्नो बयान दिनेछन्।

जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीले मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा गत आइतबार मुद्दा दायर गरेको थियो। सरकारी वकिल कार्यालयले ४२ जना प्रतिवादीविरुद्ध मुद्दा दर्ता गर्दै लामिछानेलाई व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरी कुल ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरेको छ।

यो मुद्दामा यसअघि पनि रवि लामिछानेमाथि अनुसन्धान हुँदै आएको थियो। उनी जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए।

यस प्रकरणमा यसअघि २८ जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो। प्रहरीको दोस्रो पूरक अनुसन्धानले संगठित अपराधको प्रमाण थप पुष्टि गरेको छ। रवि लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणका साथै काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा दर्ता भएका छन्।

रवि लामिछाने भोलि जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुनेछन् भने उनको बयानपछि मुद्दाको थप प्रक्रिया अगाडि बढ्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार