बिर्तामोड नगरपालिका वडा नं. ३, बिर्ताबजारमा ३८ वर्षीय सूर्य भन्ने गंगाबहादुर लिम्बू आफ्नै घरको कोठाभित्र ओछ्यानमा मृत अवस्थामा फेला परेका छन्।
घरमा एक्लै बस्दै आएका लिम्बूको मृत्युबारे छिमेकीहरूले आज राति ८:५० बजे प्रहरी चौकी बिर्ताबजारलाई जानकारी गराएका थिए। सूचना पाएपछि प्रहरी सहायक निरीक्षक पदम बिष्ट नेतृत्वको टोली घटनास्थलमा पुगेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
घटनास्थल सुरक्षित राख्दै थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय बिर्तामोडबाट थप टोली खटिएको जानकारी प्रहरीले दिएको छ।
घटनाको कारण हालसम्म खुल्न नसकेको र आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
2
+1
+1
1
+1
1
+1
1