अभिषेक खतिवडा/कमल। कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंंह राईको अगुवाइमा पाडाजुङ्गी-गाैरिगञ्ज सडक खण्ड अन्तर्गत पाडाजुङ्गी देखि मङ्गलबारे सम्म डिभाइडर भित्र लगाएको बिरुवा गोडमेल तथा संरक्षणका लागी स्थानीय श्रमदानमा जुटेका छन।
अध्यक्ष हुकुम सिंह राईकाे अगुवाइमा सगुन युवा क्लबकाे आयोजना तथा कृषि शाखाकाे सहयोगमा स्थानीय युवाहरूको सहभागिता सहित कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा पाडाजुङ्गी-गाैरिगञ्ज सडक खण्ड अन्तर्गत पाडाजुङ्गी देखि मंगलबारे हलेसी हाेटल सम्मका सम्पुर्ण पाल्म जातका बिरुवा गाेडमेल गरिएको छ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष हुकुम सिंंह राई ,कमल गाउँपालिका कृषि शाखा प्रमुख महेन्द्र बाेहाेरा सगुन युवा क्लबका अध्यक्ष देवी आङ्दाम्बे , सगुन युवा क्लब सचिब रोशन दाहाल ,समाजसेवी दिनेश अधिकारी, हाेटल तथा व्यवसायी कुल बहादुर दाहाल, दिनेश घिमिरे, अजिव राई, अनिल बिक्रम राई, धिरज श्रेष्ठ, विवेक बस्नेत,केदार चापागाईं, बिनाेद घिमिरे , हर्कबहादुर दाहाल,रुप नारायण निरौला ,कृषि शाखाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो।
गाउँपालिका अध्यक्ष राईले स्थानीयहरुलाई आफ्नो घर अगाडि समय समयमा आफैले पानी हाल्न अनुरोध समेत गरेका छन।
सडकको सौन्दर्यता बढाउनका लागि कमल गाउँपालिकाले सडक डिभाइडरमा १०० बटा विरुबा रोपि सकेको र त्यसलाई कृषि प्राविधिकहरुको सहयोगमा संरक्षण गर्ने कार्य निरन्तरता दिइरहेको सगुन युवा क्लबका सचीव रोशन दाहालले बताउनु भएको छ ।