झापा । टर्कीको प्रसिद्ध स्की रिसोर्टमा भीषण आगलागी हुँदा कम्तीमा ७६ जनाले ज्यान गुमाएका छन् भने ५१ जना घाइते भएका छन्। टर्कीका स्वास्थ्यमन्त्री केमाल मामिसोग्लुले तीमध्ये एकजना गम्भीर अवस्थामा आईसीयूमा उपचाररत रहेको र १७ जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको जानकारी दिएका छन्।

मङ्गलबार बिहान ३:२७ बजे बोलुस्थित १२-तले ग्राण्ड कार्टेल होटलमा आगलागी भएको हो। आगलागीका समयमा होटलमा २३४ जना पाहुना थिए। आगो नियन्त्रण गर्न दमकललाई १२ घण्टा लागेको र बुधबार बिहानसम्म आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको अधिकारीहरूले बताएका छन्। टर्कीका कानुनमन्त्रीले घटनापछि ९ जनालाई पक्राउ गरिएको पुष्टि गरेका छन्। पक्राउ पर्नेमा रिसोर्टका मालिक पनि छन्।

अत्यधिक कम तापक्रमका कारण दमकललाई घटनास्थलमा पुग्न एक घण्टाभन्दा बढी समय लागेको थियो। मृतकहरूको सनाखत हुन बाँकी रहेको टर्कीको गृह मन्त्रालयले जनाएको छ।

बोलु, टर्कीको राजधानी अंकाराबाट १७० किलोमिटर उत्तरपश्चिममा रहेको छ। बीबीसीको रिपोर्टअनुसार आगलागीको कारणबारे अनुसन्धान जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार