भारत महाराष्ट्रको जलगाउँ जिल्लामा भएको एक रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ। जसमध्ये सात जनाको पहिचान खुलेको छ। घटनामा ज्यान गुमाउनेमध्ये तीन जना नेपाली नागरिकसमेत रहेका छन्।

मृत्यु हुने नेपालीहरूमा करिब ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छीराम पासी, र ४३ वर्षीय कमला नवीन भण्डारी रहेका छन्।

भारतको जयगढीका ५० वर्षीय जवकला बुट्टे, २० वर्षीय नसिरुद्दीन बद्रुद्दीन सिद्दीकी, ३५ वर्षीय इम्तियाज अली र ३० वर्षीय बाबु खानको पनि पहिचान खुलेको छ। बाँकी पाँचजनाको सनाखत हुन सकेको छैन।

दुर्घटनामा कयौँ घाइते भएका छन् र उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
2
+1
0
+1
0
+1
0
+1
1
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार