अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)को आगामी निर्वाचनमा झापा हल्दिबारीकी सरस्वती चम्लागाईले छात्रा सचिव पदमा आफ्नो उम्मेद्वारी उम्मेद्वारी दिएकी छन्।

मेची बहुमुखी क्याम्पसकी छात्रा र अखिल क्रान्तिकारीकी पूर्व केन्द्रीय सदस्य समेत रहेकी चम्लागाईले शैक्षिक क्षेत्रमा विकृति र विसंगतिविरुद्ध सशक्त आवाज उठाउँदै आएकी छिन्।

अखिल क्रान्तिकारीको केन्द्रीय समितिको निर्वाचन यही माघ १२ गते शनिबार हुँदैछ। ३१२ सदस्यीय केन्द्रीय समितिका लागि ५ सय जनाले उम्मेदवारी दिएका छन् भने देशभरका २४०५ मतदाताले नेतृत्व चयन गर्नेछन्।

सरस्वती चम्लागाईले सामाजिक क्षेत्रमा लामो अनुभव संगालेकी छन् र आफ्नो समुदायमा निकै लोकप्रिय व्यक्तित्वका रूपमा परिचित छिन्। हल्दिबारी गाउँपालिका वडा नम्बर ५ निवासी चम्लागाईले हालै ब्याचलर तह पूरा गरेकी छन्।

निर्वाचन कोशी प्रदेशका लागि सुनसरीको धरानमा शनिबार सम्पन्न हुने भएको छ। छात्रा सचिव पदका लागि आफ्नो उम्मेद्वारीलाई बलियो मान्दै उनले विद्यार्थी र शैक्षिक क्षेत्रमा सुधारका लागि अझ प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
7
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार