अमेरिकाको लस एन्जलसको जङ्गल क्षेत्रमा फेरि आगलागी सुरु भएको छ। आगो तीव्र रूपमा फैलिन थालेपछि १९ हजारभन्दा बढी मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ।

आगलागी कास्टिक ताल नजिकैको पहाडी क्षेत्रमा भएको हो, जुन शहरबाट ४५ किलोमिटर टाढा पर्छ। घटनास्थल नजिकै धेरै आवासीय क्षेत्र र विद्यालयहरू रहेका कारण जोखिम अझै उच्च छ।

अहिलेसम्म आगलागीले आठ हजार एकडभन्दा बढी क्षेत्र जलेको छ। अग्नि नियन्त्रक अधिकारीहरूका अनुसार तीव्र हावाको वेग र सुक्खा झाडीले आगो नियन्त्रण गर्न समस्या उत्पन्न गरिरहेको छ।

यसअघि एक हप्ताभन्दा लामो समयदेखि लागेको आगो निभाउन दमकलसहित प्रयास जारी रहेको छ। यस आगलागीबाट २५ जनाको मृत्यु भइसकेको छ भने धेरै आलिशान घरहरू ध्वस्त भएका छन्। स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार