माघ ११, झापा । झापाको झापा गाउँपालिका वार्ड नं. ६, तल्लो चप्रमारीस्थित कटेज चोकमा आज बिहान करिब ८:३० बजे मे १ त ३९२९ नम्बरको ट्रयाक्टरले साइकिल यात्रीलाई ठक्कर दिइ दुर्घटना भएको छ।

ट्रयाक्टर सुरुङ्गाबाट शरणामति तर्फ जाँदै गर्दा ओभरस्पीडका कारण अनकन्ट्रोल भएर सोही तर्फ जाँदै गरेको साइकिललाई ठक्कर दिएको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन्।

दुर्घटनामा परि कनकाई नगरपालिका ६ का ३६ वर्षीया कालामै टुडु गम्भीर घाइते भएकी छन्। घाइतेलाई स्थानीयहरूले तुरुन्तै उद्दार गरेर उपचारको लागि सुरुङ्गा पठाएका छन्।

ट्रयाक्टर सिमेन्ट बोकेर जाँदै गरेको थियो र चालक दुर्घटनामा पछि फरार रहेको बताइएको छ। दुर्घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार